ट्रेण्डिङ

होमपेज / खेलकुद

आईपीएल : चेन्नईलाई ७ विकेटले हराउदै राजस्थानको चौथो जित

नेपालगाथा २०७७ कार्तिक ४ गते मंगलबार ०७:३५:२६ मा प्रकाशित

काठमाडौँ । यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ । चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो । चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले ।

कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए ।

यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन र साम करणले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १/१ विकेट लिए । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top