ट्रेण्डिङ

होमपेज / खेलकुद

युभेन्टस बराबरीमा रोकियो

नेपालगाथा २०७७ कार्तिक २ गते आइतबार ०७:४८:३४ मा प्रकाशित

दस खेलाडीमा समेटिएको युभेन्टस बराबरीमा रोकिएको छ । शनिबार राति भएको इटालियन सिरी फुटबलमा युभेन्टस क्रोटोनेसँग १–१ को बरारबीमा राकिएको हो । क्रोटोनेको घेरलु मैदानमा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १२ औं मिनेटमा सिमेओन टोचुक्वु न्वान्क्वोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

युभेन्टसका डिफेन्डर लिओनार्दो बोनुचीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि क्रोटोनेले पोनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरलाई उनले गोलमा परिणत गरेका थिए । त्यस्तै २१ औं मिनेटमा युभेन्टसले बराबरी गोल फर्काएको थियो । युभेन्टसका अल्भारो माराटाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । 

पहिलो हाफमा बराबरीमा सकिएको खेलको दास्रो हाफमा युभेन्टस दस खेलाडीमा समेटिएको थियो । ६० औं मिनेटमा युभेन्टसका मिडफिल्डर फेडेरिको चिएसाले रातो खार्ड पाएपछि पाहुना टोली दस खेलाडीमा समेटिएको थियो । क्रोटोनेका मिडफिल्डर लुका चिगारीनीलाई गम्भीर ट्याकल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

दोस्रो हाफमा दुबै टोलीबाट कुनै थप गोल हुन सकेन । पाहुना टोली दस खेलाडीमा समेटिँदा समेत घरेलु टोलीले त्यसको फाइदा उठाउँन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो । बराबरीसँगै चार खेल खेलेको युभेन्टस आठ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । यता, क्रोटोने भने समान खेलाबाट मात्र एक अंक जोड्दै रेलिगेसन जोनमा छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top