ट्रेण्डिङ

होमपेज / खेलकुद

बेंगलोरद्वारा चेन्नाई ३७ रनले पराजित

नेपालगाथा २०७७ आश्विन २५ गते आइतबार १२:२१:११ मा प्रकाशित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। बेंग्लोरको यो चौथो जित हो भने चेन्नईको पाचौं हार हो।  जितका लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनायो। चेन्नाईका आम्बाती रायडुले सर्वाधिक ४२ रनको योगदान दिए। बंग्लोरका क्रिस मोरिसले ३ र वासिन्टन सुन्दरले २ विकेट लिए। 

त्यसअघि दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो। बेंगलोरका कप्तान विराट कोहली सर्वाधिक ९० रनमा अविजित रहे। चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिए। जितसँगै बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित आधारमा चौथो उक्लिएको  छ ।

चेन्नई ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ। दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा छ। मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ। कोलकाता ६ खेलमा ४ मा जित र २ मा हार सहित तेस्रो स्थानमा छ। सनराइजर्स हैदराबाद ६ खेलमा समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ।

राजस्थान ६ खेलमा ४ मा हार र २ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ।  यसैबिच शनिवार नै सम्पन्न पहिलो खेलमा किंग्स इलेभन पन्जाबलाई कोलकत्ता नाइटराइडर्सले २ रनले हराएको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top