ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्‍वकप छनोट : मेस्सीको गोलमा अर्जेन्टिना विजयी

नेपालगाथा २०७७ आश्विन २३ गते शुक्रबार १२:३९:१६ मा प्रकाशित

लियोनल मेस्सीले पेनाल्टीबाट गरेको गोल सहयोगमा अर्जेन्टिनाले विश्‍वकप छनोटमा विजय हाँसिल गरेको छ। शुक्रबार बिहान भएको विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले इक्‍वेडरलाई १-० गोलले हराएको हो। खेलको १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई जिताएका हुन्।

योसँगै अर्जेन्टिनाले सन् २०२२ मा कतारमा हुने विश्‍वकप छनोटअन्तर्गत अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो। यो जितसँगै अर्जेन्टिनाले तालिकामा तीन अंक जोडेको छ। अर्जेन्टिनाले अब बोलिभियासँग खेल्नेछ। अर्जेन्टिनासँग हारेको इक्‍वेडरले उरुग्वेसँग खेल्छे। सन् २०१८ को विश्‍वकप अर्जेन्टिना तेस्रो स्थानमा रहेर छनोट भएको थियो। एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top