ट्रेण्डिङ

होमपेज / खेलकुद

खेलकुत गतिविधि एक साताका लागि बन्द

नेपालगाथा २०७६ चैत्र ५ गते बुधबार १३:५६:२९ मा प्रकाशित

सुर्खेत । विश्वभर माहामारीको रुपमा फैलिएको नोवेल कोराना भाईरस (कोभिड–१९)को संक्रमणलाई ध्यानमा राखेर खेलकुदका विभिन्न प्रतियोगिता स्थगित भएका छन् । राष्ट्रिय फुटबल र क्रिकेट टिमको खेल तालिका प्रभावित भएका छन् भने प्रशिक्षण स्थगित गरिएका छन् । एक साता अघि राष्ट्रिय खेलकुद परिषद्ले बढी मानिस जम्मा हुने खेल नगर्न निर्देशन दिएको थियो । मंगलबार परिषद्ले खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठि, सेमिनारलगायत भेला हुने सम्पूर्ण गतिविधि तत्काललाई एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय गरिने निर्णय गरेको छ । खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेलसँग सम्बन्धित व्यक्तिहरु र आम जनमानसलाई पनि सचेतना अपनाउन परिषद्ले आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top