ट्रेण्डिङ

होमपेज / खेलकुद

खुला ब्याड्मिन्टनको फाइनल आज

नेपालगाथा २०७६ पौष ७ गते सोमबार १२:१२:३७ मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी मेलाको अवसरमा आयोजना गरिएको खुला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । खेल सोमबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालयको व्यामशालामा हुने आयोजकले बताएको छ । आइतबार भएको सेमिफाइनलमा जाजरकोटका जनक भडेल र राजु भडेललाई हराउँदै नेपाल पुलिसका ओकिलजंग शाह र लोकेन्द्रबहादुर मल्ल फाइनलमा प्रवेश गरेका छन् । अर्को खेलमा नेपाल पुलिसका रञ्जन भण्डारी र शिव रोकायलाई हराउँदै सुर्खेत जिल्ला ब्याड्मिन्टनका खेलाडी नकेन्द्रबहादुर थापा र खगेन्द्र खत्री फाइनलमा प्रवेश गरेका छन् । 

योसँगै प्रतियोगितामा तेस्रोको टुङ्गो लागेको छ । तेस्रो हुनेमा जाजरकोटका जनक भडेल र राजु भडेल र नेपाल प्रहरीका रञ्जन भण्डारी र शव रोकाय रहेको खेलकुद संयोजक टक्कबहादुर शाही (आजीवन) ले जानकारी दिए । कालीकोट, दैलेख, जाजरकोट र सुर्खेतका गरी २७ टिमले सहभागिता जनाएको प्रतियोगिताका उद्घाटनको दिन शनिबार २२ वटा खेल भएका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक शाहीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top