होमपेज / खेलकुद

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम

नेपाल गाथा २०७६ भाद्र २८ गते शनिबार १५:४३:२६ मा प्रकाशित

काठमाडौं । १७ मत ल्याएर नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । नेतृत्वको जिम्मेवारीका लागि ललितपुरको सातदोबाटोमा शनिबार भएको निर्वाचनमा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पछि पार्दै जीवनराम श्रेष्ठ निर्वाचित भएका हुन् ।

मेशलालले १० मत मात्रै ल्याए भने जीवनरामले १७ मत ल्याउन सफल बने । जीवनराम काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित नेकपाका सांसद हुन् भने उनी दुईपटक राखेप सदस्यसचिव नियुक्त भइसकेका छन् ।

नेपाल ओलम्पिक कमिटीको उपाध्यक्षमा ज्योति राणा, चतुरानन्द राजवैद्य, तेजबहादुर गुरुङ, सुनीलकुमार श्रेष्ठ र अशोकरत्न बज्राचार्य निर्वाचित भएका छन् । महासचिवमा जीवनराम प्यानलबाट उठेका ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ विजयी बने ।

उनले १५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वान्द्वी नेपाल कराँते महासंघका पूर्व अध्यक्ष पुरेन्द्रविक्रम लाखेले १२ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top