होमपेज / खेलकुद

खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुनमैत्री बनाउनु पर्नेमा जोड

नेपाल गाथा २०७६ असार १८ गते बुधबार १३:५०:२७ मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तगर्तको विधानयन व्यवस्थापन समितिले आज राष्ट्रिय खेलकुद विकास विधेयकको बारेमा विज्ञहरुसंग परामर्श गरेको छ ।

बैठकमा सांसदहरुले विधेयकको बारेमा आ–आफ्नो जिज्ञासा राखेपछि विज्ञहरुले खेलकुद क्षेत्रको बारेमा सुझाव प्रस्तुत गरेका थिए ।

त्रिभुवन विश्व विद्यायलका खेलकुद विभाग निर्देशक गंगाबहादुर थापा मगरले खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय कानुनमैत्री बनाउनु पर्नेमा जोड दिए ।

खेलकुदमा अनुशासन महत्वपूर्ण हुने भएकाले नियम कानुनलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

ओलम्पिक कमिटी सधै विवादमा पर्ने गरेको भन्दै राजनीतिक हस्तक्षेप हुन नहुने बताए ।

खेलकुद विज्ञ जिवनराम श्रेष्ठले ओलम्पिक कमिटीको बारेमा ऐनले स्पष्ट निर्देशन गर्न नसकेको भन्दै कानुनी प्रावधानलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

समितिका सभापति परशुराम मेघी गुरुङले राष्ट्रिय हितलाई स्वार्थमा राखेर समितिले काम गर्ने बताए । इमेजखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

Top