होमपेज / खेलकुद

नेसन्स लिगको उपाधि पोर्चुगलको पोल्टामा

नेपाल गाथा २०७६ जेठ २७ गते सोमबार १०:४१:२४ मा प्रकाशित

 काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो ।दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए । पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो ।

एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो । बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top