होमपेज / खेलकुद

विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने

नेपाल गाथा २०७६ जेठ १ गते बुधबार १६:२३:३० मा प्रकाशित

सुर्खेतमा यही जेठ २१ गतेदेखि क्विक कप अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा र चौधरी ग्रुप बीच गत वैशाख १७ गते भएको सम्झौता अनुसार देशैभर हुने प्रतियोगिताको पहिलो चरण सुर्खेतमा भने २१ गतेबाट शुरु हुने भएको हो। प्रतियोगितामा जिल्लाभरबाट सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउनसक्ने संघका महासचिव गणेशकुमार कार्कीले बताउनुभयो।

\जिल्लास्तरीय प्रतियोगिताको विजेता टोलीले दोश्रो चरणमा हुने प्रदेशस्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन। प्रदेशस्तरको प्रतियोगिता भने साउन १९ गतेदेखि ३२ गतेसम्म हुने तय भएको महासचिव कार्कीले जानकारी दिनुभयो। प्रदेशस्तरको प्रतियोगिता विजेता टोलीले भने असोज १ गतेदेखि ११ गतेसम्म हुने राष्टियस्तरको विद्यालयस्तरीय प्रतियोगितामा जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाउने छन।

प्रतियोगिता सञ्चालनका लागि नियमावली भने एन्फाले उपलब्ध गराउना साथ सहभागी हुने विद्यालयहरुलाई उपलब्ध गराइने महासचिव कार्कीले जानकारी भयो। सुर्खेतमा यही जेठ २१ गतेदेखि क्विक कप अन्तर विद्यालय स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा र चौधरी ग्रुप बीच गत वैशाख १७ गते भएको सम्झौता अनुसार देशैभर हुने प्रतियोगिताको पहिलो चरण सुर्खेतमा भने २१ गतेबाट शुरु हुने भएको हो।

प्रतियोगितामा जिल्लाभरबाट सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउनसक्ने संघका महासचिव गणेशकुमार कार्कीले बताउनुभयो। जिल्लास्तरीय प्रतियोगिताको विजेता टोलीले दोश्रो चरणमा हुने प्रदेशस्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन। प्रदेशस्तरको प्रतियोगिता भने साउन १९ गतेदेखि ३२ गतेसम्म हुने तय भएको महासचिव कार्कीले जानकारी दिनुभयो।

प्रदेशस्तरको प्रतियोगिता विजेता टोलीले भने असोज १ गतेदेखि ११ गतेसम्म हुने राष्टियस्तरको विद्यालयस्तरीय प्रतियोगितामा जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाउने छन। प्रतियोगिता सञ्चालनका लागि नियमावली भने एन्फाले उपलब्ध गराउना साथ सहभागी हुने विद्यालयहरुलाई उपलब्ध गराइने महासचिव कार्कीले जानकारी भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top