होमपेज / अर्थ
काठमाडौँ । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।