ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

नेपालगाथा २०७७ भाद्र १० गते बुधबार १५:३५:३७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । गत बुधबार प्रतितोला रु १ लाख ४०० पुगेको छापावाला सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ । एक सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० ले घटेको छ ।

महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला र ९६ हजार ३०० तोकिएको छ । मङ्गलबार छापालावा सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० थियो । यस्तै चाँदी पनि प्रतितोला रु १० ले घटेर तोलाको रु १ हजार ३१० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top