ट्रेण्डिङ

होमपेज / अर्थ

सुन उकालाे, ग्राहक ओरालो

नेपालगाथा २०७७ श्रावण २५ गते आइतबार २०:१९:११ मा प्रकाशित

खड्क सुनार, मुगु । नेपालमा सुनको मूल्य दैनिक उकालो लाग्दै गएपछि व्यापार पनि उत्तिकै ओरालो लाग्दै गएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गरी सुनको व्यापार बढ्नु पर्नेमा सुन मंहगीएपछि ग्राहक घट्दै गएको सुनचाँदी व्यवसायी महासंघ मुगुले जनाएको छ । मुगुमा रहेका १ दर्जन बढी सुनचाँदी व्यवसायीहरु सुन मंहगीएपछि यति बेला निरास बनेका छन् ।

प्रत्येक दिन लाखौको कारोबार गर्ने मुगुका राजु सुन चाँदी पसल, राजकुमार सुन चाँदी पसल, कालिका मालिका सुन चाँदी पसल लगायतका पसलहरूमा यतिबेला सुन महँगिए पछि व्यापार घट्दै गएको राजकुमार सुन चाँदीका सुन व्यावसायी रामकुमार सुनारले बताए । उनका अनुसार ग्राहकले सुनकाे मूल्य सुनेपछि ईनारमै खसेको जस्तै महसुस गरेको जानकारी दिए । यता राजु सुन चाँदीका प्रोपाईटर राजु सुनारका अनुसार सुन महंगीए पछि व्यापार घाटामा परेको बताए । सुनारका अनुसार यो समयमा सुनको मुल्य बढे पनि ग्राहक भने आउन नछोडेको जानकारी दिए ।

गत वर्ष पनि तीजकै समयमा तोलामा ७५ हजारसम्म थियो । यस वर्ष शनिवार सम्मको मुल्य तोलामा १ लाख ५ हजार सम्म रहेको उनको भनाई छ । उनले भने तीज नजिकिदै छ, ग्राहक आए पनि सानो गहनाका लागि पनि घण्टौ बार्गेनिङ गर्नुपर्दछ । कति त महंगो भन्दै अर्डर दिएका गहना समेत छोडेर गएकाे व्यवसायीले बताएका छन् । पहिला दैनिक दिनमा दुई लाखदेखि ३ लाखसम्मको व्यापार हुन्थ्यो अहिले दैनिक २० देखि ३० हजारसम्म व्यापार हुने गरेको सुनारले बताए ।

उनका अनुसार सुन त महंगो भएको छैन तर नेपाल सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दीले गर्दा सुनको भाउ बढेको जानकारी दिए । त्यसैले पनि सुनको मुल्य आकासिँदा सामान्य नागरिकलाई कुनै फरक नपरेको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेसँगै त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top