होमपेज / अर्थ

वैदेशिक रोजगारलाई एजेन्डा बनाउँछौँ

नेपाल गाथा २०७६ जेठ ११ गते शनिबार २१:०५:५५ मा प्रकाशित

सुर्खेत । वैदेशिक रोजगार समाजको ठुलो मुद्धा भएपनी वास्ता नभएको जनप्रतिनिधी र युवाहरुले बताएका छन । शनिवार वीरेन्द्रनगरमा एकाउन्टिविलिटी ल्यावको सिटिजन हेल्पडेस्क अन्तर्गत आयोजित 'स्थानिय तहको नितिनिर्माणमा वैदेशिक रोजगार, स्थानिय तहका जनप्रतिनिधी र सरोकारवालाहरुविच छलफल कार्यक्रम' मा वीरेन्द्रनगर नगरपालीका वडा वं ७ र ८ का युवा र जनप्रतीनिधिहरु र वैदेशिक रोजगारबाट फर्केकाहरुले वैदेशिक रोजगारलाई मुख्य एजेन्डा बनाउने प्रतिवद्धता गरेका हुन । वैदेशिक रोजगारीको मुख्य कारण स्वदेशमा श्रमको सम्मान नभएको उनिहरुले बताए । कार्यक्रममा सहभागिहरुले सिपविकास तालिम मागमुखी नभएर पुर्तीमुखी भएको पनि वताएका छन । "आफ्ना आफन्तहरुलाई स्थानिय तहको सिपविकास तालिममा छनौट गर्ने तर तालिमपश्चात उपलव्धी नहुने । तालिम लिन चाहेकोवे लिन नपाउने ?" सहभागिहरुले प्रश्न गरे । सिपविकास तालिम संचालन गर्दा सुचना टाँस गर्नुपर्ने बताए । सिपविकास तालिमका नाममा लाखौं वजेट खर्च गरेपनि उपल्व्धी शुन्य भएको र तालिम भत्तामुखी भएको दावी गरे । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पनि उचित ऋण प्राप्त नहुनु र सिकेको श्रम पनि यहाँको वातावरणले लुकाउनुपर्ने उनिहरुको गुनासो छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ७ र ८ का वडा सदस्यहरु, वैदेशिक रोजगारिवाट फर्किएर स्वदेशमै काम गरिरहेका, परिवारका सदस्य वैदेशिक रोजगारमा भएका र अन्य युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top